हुलाकी न्यूज, जनकपुरधाम : सप्तरीमा वडाअध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने ससुरा र ज्वाइँ पक्राउमा परेका छन्।

नक्कली बुबाछोरा बनेर  नगरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका ससुरा र ज्वाइँदुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा न.१५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव रहेका छन् भने शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आएका थिए । त्यहीं बेला वडाबाट कसैले फोन गरेर यी दुबै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए ।

प्रशासकीय अधिकृतको टेबुलमा यो फायल आएकै समयमा यस्तो जानकारी आएपछि कार्यालयले वडाअध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका छन्।

‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन्’ प्रशासकीय अधिकृत किशोर कुमार रामले भने लगत्तै प्रहरी बोलाएर दुबैलाई पक्राउ गर्न लगाएका छौं ।”

यता पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गर्दै आएका छन् तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको दावी गरेका छन् । सो किर्ते हस्ताक्षर गराउनमा स्थानीय युवक सन्जिव कुमार यादवले सहयोग गरेको स्रोतले जनाएको छ । यता सो बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.