हुलाकी न्यूज, जनकपुरधाम :कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट जन्मकैद सजाय पाएका एक व्यक्तिलाई ४० वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादव रहेका छन् । आफ्नै गाउँका सुकना यादवलाई २०३८ सालमै बिकरुले हत्या गरेको थियो । घटनापछि फरार यादव यतिलामो समयसम्म लुकेर बसे ।

बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोली उनलाई खेतबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । प्रहरीले उनलाई अदालतमा बुझाएपछि झुम्का कारागार चलान गरिएको छ ।

प्रदेश २ प्रहरीमा डिआइजी उमेश रञ्जितकार आएपछि ८ जिल्ला प्रहरीलाई सक्रिय पारेको छ । अपराध नियन्त्रणका लागि फरार अभियुक्त तथा अपराधीहरुलाई पक्राउ गर्न समेत निर्देशन दिएको एक प्रहरी अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.