हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिटगरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको प्रहरीले बताएका छन् ।

धनुषाधाम–७ का रामबहादुर मण्डलले आफ्नो भण्टाबारीमा जङगली बँदेलबाट बचाउनका लागि नाङ्गो तारले कम्पाउण्ड घेरी करेन्ट छाडेका तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ भने करेन्ट लागेर गम्भीर घाइते भएका रामजीवन र १७ वर्षीय राजुकुमार साहको रामजानकी अस्पतलामा उपचार भइरहेको छ ।

करेन्ट छोड्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.