हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ।
बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ भने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएका छन्।
यसअघि २.१ प्रतिशत थियो भने अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडा अनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ। एजेन्सी।



