हुलाकी न्यूज, जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्।विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.