हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.