हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ सय पाँचजना संक्रमित थपिएका हुन्।
मंगलबार अर्थात् हिजो २३ सय ९८ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा१३ हजार २४ जनामा कोरोना परीक्षण गरिएको थियो भने हिजो ११हजार १२ जनामा परीक्षण गरिएको थियो। परीक्षणको दायरा बढाएसँगै संक्रमण पनि बढेको मन्त्रालयले जनाएका छन्।