हुलाकी न्यूज, जनकपुरधाम : सरकारले यात्रुबाहक सार्वजनिक यातायातको भाडा वृद्धि गरेका छन्।
यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनाअनुसार यात्रुबाहक यातायातको भाडा २८ प्रतिशतले बढेको छ।
योसँगै यातायात व्यवस्था विभागले पहाडमा चल्ने मालबाहक सवारीसाधनको भाडा २० र तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको विभागले जानकारी दिएका छन् भने अन्तर्राष्ट्रिय बजारको बढेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा आयल निगमले नेपालमा पनि मूल्य बढाउँदा भाडा बढेको छ।



