हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा महोत्तरी प्रहरीले ४ आरोपितलाई सार्वजनिक गरेका छन्।गाडिएको अवस्थामा सुजिताको शव भेटेको दुई दिन नबित्दै प्रहरीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी ४ जना आरोपितलाई सार्वजनिक गरेका हुन्।
पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षिय रुपेश ठाकुर, लोहरपट्टी वडा नम्बर ७ स्थित भ्रमरपुराका ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षिय मुल्ला भन्ने आदम राईन र ३२ वर्षिय नथुनि मण्डल रहेका छन्।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले तत्काल मृतकका पति ३१ वर्षिय मुकेश ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरिएको बताएका छन्। सुजिताका पति मुकेशलाई मृतक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको छ भने प्रहरी उपरीक्षक आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्न सहयोग गरेकोले पक्राउ गरिएको जानकारी दिएका हुन् । यद्यपि घटना सम्बन्धमा अझै अनुसन्धान पूरा हुन नसकेको उनले बताएका छन्।
उनले भने अझै हामी अनुसन्धानकै क्रममा छौँ, अनुसन्धान पूरा भए लगत्तै घटनाको विषयमा केही जानकारी गराउने छौँ।



