हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३ हजार ८७६ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर ११ हजार १२ जनाको जनाको कोरोना परीक्षण गरिएको थियो।

परिक्षण गरिएकामध्ये २१.७७ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख ३ हजार ८७६ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.