हुलाकी न्यूज, जनकपुरधाम : नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाको साँझ ६ बजे शपथ हुने भएको छ। शपथ राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।

सर्वोच्च अदालतले आज अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए अनुसार उनी प्रधानमन्त्रीमा नियुक्त भईसकेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले  जानकारी दिएको छ ।

सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनासहित विपक्षी गठबन्धनका उम्मेद्वार देउवालाई प्रधानमन्त्री बनाउनेबारे परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।योसँग देउवा ५ औँ पटक प्रधानमन्त्री बनेका छन् । विशेष परिस्थितीमा प्रधानमन्त्री बनेका देउवाले अबको एक महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.