हुलाकी न्यूज, जनकपुरधाम : जापान सरकारले नेपालका युवा सरकारी कर्मचारीलाई विभिन्न विषयमा अध्ययनको लागि छात्रवृति प्रदान गर्न ३५ करोड ५६ लाख जापानी येन (३८ करोड ४७ लाख ६० हजार रुपैयाँ)अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

जापानले उक्त सहयोग‘ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’अन्र्तगत दिन लागेको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ।छात्रवृत्ति अनुदानसम्बन्धी सम्झौतामा नेपालको लाग जापानी राजदूत किकुता युताका र अर्थसचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.