हुलाकी न्यूज, जनकपुरधाम : नेपाल प्रहरीमा रिक्त रहेको ५ हजार ३२५ प्रहरी जवान(जनपद)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आयोगले २०७७ फागुन २२ गते लिएको परीक्षामा सहभागी भएका ७ हजार ३२४ जनाको नाम प्रकाशन गरिएको छ।
खुलामा ४ हजार १२८,अमर/अशक्त प्रहरी जवानमा ७,महिलामा १ हजार ८४, आदिवासी जनजाति २ हजर २९७, मधेसी १ हजार २९६, दलितमा ९९४ र पिछडिएको क्षेत्रमा ४४९ जना परीक्षार्थीको नाम प्रकाशन गरिएको छ।



