हुलाकी न्यूज,जनकपुरधाम :सम्मानित सर्वोच्च संसद पुन:स्थापना गरि दिएको खुशिमा विपक्षी पाँच दलीय गठबन्धन विद्यार्थीहरुको नेतृत्वमा जनकपुरमा बिजय जुलुश निकालेका थिए ।
जनकपुरधामको रेल्वे स्टेशनबाट जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले सहितले संसद विघटन बदर गरेको खुशिमा बिजय जुलुश निकालेका थिए भने पाँच दलका नेता कार्यकर्ता जम्मा भई निस्कने युवानेता दिपेन्द्र कापरले बताउनुभएकाे छ।
बिजय जुलुस रेल्वे स्टेशनबाट निकालेको र्यालीले जनकचोकमा पुगेर मैनवत्ती प्रज्वलन गरिएको छ ।