हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीको समयमा विभिन्न दाताहरुसँग संकलन गरेको रकम माहामारी नियन्त्रण  समितिले सम्पूर्ण खर्च हिसाब पारदर्शी गरेका हुन् ।

कोभिड–१९ नियन्त्रणका लागि भनिएको खर्च अपारदर्शी रहेको र भएका खर्चहरु समेत तिनवटै तहका सरकारहरुले लुकाईरहेको समयमा जनकपुरधामस्थित महामारी नियन्त्रण र व्यवस्थापन समितिले सम्पूर्ण हिसाब पारदर्शी गरेको हो ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका संस्थापक कैयुम राईनले आफूहरुले शुरुवाती चरणदेखि नै निरन्तर रुपमा कोरोना महामारीको नियन्त्रण र व्यवस्थापनमा जुटेर विभिन्न खालका सहयोगहरु पुर्याएको बताएका छन् ।

 

कोभिड–१९ को बेला सामाजिक कार्यमा गरेको योगदान, मिहिनेत र महामारी नियन्त्रणमा भएको खर्चबारे जानकारी दिँदै उनले यस कार्यमा लाग्दा विभिन्न दाताहरुले आफूहरुलाई ४ लाख ८७ हजार ७० रुपैयाँ सहयोग गरेको बताएका छन्।

संकलित रकममध्ये धनुषाका विभिन्न ठाउँमा राहत, औषधी, कोरोना बिरामीलाई खाना, कोभिड अस्पतालमा बेड र अक्सिजन व्यवस्थापन, सेनिटाइजर, मास्क, एम्बुलेन्स सेवा, रक्तदानलगायतमा कुल ४ लाख ४९ हजार ८ सय ३५ रुपैयाँ खर्च भएको र अहिले समितिसँग ३७ हजार २ सय ३५ रुपैयाँ बाँकी रहेको राईनले जानकारी दिएका छन् भने समितिले ५ हजार भन्दा बढि कोरोना बिरामीलाई तयारी खाना, २२३ भन्दा बढि गरीब, विपन्न परवारलाई राहत सामग्री, ६ हजार ७ सय भन्दा बढिलाई मास्क, ४ हजार ३ सय भन्दा बढिलाई सेनिटाईजर तथा साबुन, १७ जना भन्दा बढि बिरामीलाई एम्बुलेन्स सेवा, २९ जना भन्दा बढिलाई अक्सिजन सिलिण्डर, २१ जना भन्दा बढिलाई रतगको अभाव पूर्तिलगायतका सेवाहरु निशुल्क प्रदान गरेको राईनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थापक राईनले महामारी नियन्त्रण र व्यवस्थापन समितिले अब धनुषा जिल्लाकोहरेक नगरमा कमिटी गठन गर्ने समेत बताए ।

कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार एवं सहयोगी कृष्णचन्द्र प्रसाद साहले कोरोनाको दोस्रो लहरले नेपालीको जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाउँदै स्वास्थ्य सेवा, राहत एवं निःशुल्क खानाको व्यवस्थापन समितिको प्राथमिकतामा रहेको बताउनुभयो ।

साथै ऊनले महामारीको संकटलाई यस टिमले अवसरका रूपमा लिई आफ्नो ज्यानको कुनै ख्याल नै नगरी जनताको आवश्यकता पुरा गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.