हुलाकी न्यूज, जनकपुरधाम : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको आदेश दिएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक संसद् विघटनका लागि गरेको सिफारिस सदर गरेपछि राष्ट्रपति भण्डारीले नैतिकता गुमाएको भट्टराईले प्रतिक्रिया दिएका हुन्। उनले अदालतको आदेश स्वागतयोग्य रहेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकता गुमाइसकेको बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.