हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीमा खाना पकाउने ग्यास लिक भएर आगोलाग्दा लाखौंकोक्षति भएको छ।
आइतबार बिहान महोत्तरी लोहारपट्टी नगरपालिका वार्ड न ३ का बस्ने नथुनि कवारीको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको छ।
आगलागीमा घर भित्र रहेको विभिन्न काठको फर्निचर, लत्ताकपडा, भाडा लगायत अन्दाजी ८ लाखा रुपैयाँ मूल्य बराबरको क्षति भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभएको छ।
आगलागीमा मानविय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका हुन्।



