हुलाकी न्यूज,जनकपुरधाम : जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप आज काठमाडौं आइपुगेको छ।
अमेरिकी अनुदान सहयोगमा कोभ्याक्समार्फत पठाइएको सो खोपमार्फत नेपालले कुल १८ लाख ८२ हजार ८५० डोज खोप प्राप्त गरेको हो। उपलब्ध खोप एक डोज मात्र लगाए पुग्ने नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले बताएका छन्।
कोरोना विरुद्धका अन्य खोप दुई डोज लगाउनुपर्ने हुन्छ।



