हुलाकी न्यूज,जनकपुरधाम : इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आइतबार देशभर शंख जुलुस गर्ने, पेट्रोलियम व्यवसायीहरुसँग छलफल गर्ने र मूल्यवृद्धि फिर्ता नभए देशभरका पेट्रोलपम्प र इन्धन बोक्ने ट्यांकर चल्न नदिने र मौलिक हक कार्यान्वयनका लागि प्रमुख दलका नेताहरूबाट प्रतिबद्धता जाहेर गराउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.