हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ।
बितेको चौबिस घण्टामा देशभर ११ हजार ३ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १९.७९ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।



