हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ९५ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।