हुलाकी न्यूज,जनकपुरधाम :उक्त सूचना प्रणाली लागू भएसँगै मालपोत कार्यालयले डिजिटल कारोबार गर्ने भएका छन् ।यसअघि मालपोत कार्यालयको क्षेत्राधिकारभित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको थियो  तर, अबदेखि एउटा जिल्लाको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयबाटै किनबेच गर्न सकिने भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

मालपोत कार्यालयमध्ये २०७२ साउन २५ गते कलङ्की मालपोत कार्यालय पहिलो पटक कागजी ढड्डा प्रणालीबाट अनलाइन प्रणालीमा प्रवेश गरेको थियो ।करिब ६ वर्षको अन्तरालमा देशभरकै मालपोत कार्यलयमा उक्त प्रणाली सञ्चालनमा आएसँगै घर जग्गाको कारोबार प्रविधि तथा डिजिटल युगमा प्रवेश गरेको विभागले जनाएको छ ।

देशभर एक सय २६ वटा मालपोत कार्यालय रहेकामा विगतका दिनमा एक सय आठ वटा कार्यालमा मात्रै एलआरआइएमएस लागू भएको थियो ।ती मालपोत कार्यालयबाट निरन्तर अनलाइनमार्फत् कारोबार हुँदै आएकाे थियाे । बाँकी १८ वटा मालपोत कार्यालयले अनलाइनमार्फत् कारोबार गर्न सकेका थिएनन ।विभागले बाँकी १८ वटा मालपोत कार्यालयमा हालै एलआरआइएमएस प्रणाली सञ्चालनमा ल्याएसँगै देशभरै कारोबार सक्ने बनाइएको हो ।विभागले चालु आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा ल्याउने लक्ष्य लिए अनुरुप सोही अनुसार विभागले आफ्नो लक्ष्य पूरा गरेको महानिर्देशक पौडेलको भनाइ छ ।

साभार : कोसी अनलाइन

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.