हुलाकी न्यूज,जनकपुरधाम : टेलिभिजन एन्कर तथा सञ्चारकर्मी पुजा पासवान(जनकपुरवाली) माथी संघातिक आक्रमण गरिएको छ ।
जानकी टेलिभिजनमा कार्यरत जितेन्द्र पासवान भन्ने व्यक्तिको समुहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ वडा कार्यालय नजिक बियरको बोतल प्रहारगरि आक्रमण गरेको उनले बताएकी छिन्।
छ महिना देखिनै उनीहरुको समुहले आफुलाई मानसिक टर्चर दिइरहेको आफुसंग भेटन घुम्न दबाब दिदै दुर्वेवेवहार गर्ने गरेको बताउदै उनले जिल्ला प्रहरी कार्यालय महोतरीमा आफुले यस अघि निवेदन पनि दिएकी बताईकी छिन्। कलाकार समेत रहेकी उनले सुरक्षाको मांग गरेकी छन् ।



