हुलाकी न्यूज,जनकपुरधाम : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाँउपालिकाको सडकमा जनमत पार्टीका युवाहरुले हिलोमै सडकमा धान रोपेका हुन्।

असारे बिकासमा फसेका कोटहीमाई गाँउपालिकाका जनप्रतिनिधिहरुले वडा नं २ को भुवरी गाँउको सडक मर्मत गर्नको लागी ध्यान नदिएको भन्दै हिलाम्मे सडकमै धान रोपाई गरेका हुन।

रोपाई गर्दै उनीहरुले भने, ‘हरेक बर्षायाममा हामी जनता हिलाम्मे बाटो भएर हिडन बाध्य भएका छौं । हाम्रो हाथखुट्टा भाचिने गरि तथा सवारी साधन लिएर पल्टिने र भासिने बाटो भएको हुदाँ जनमत पार्टीका सदस्य पवन कुमार मौर्या, राम जीवन मौर्याको अगुवाई र स्थानीय युवाहरुले धान रोपाइ गरिएको हो।’

सम्बन्धित वडामा पटक पटक जानकारी गराउदा पनि ध्यान नदिएको हुदाँ अब धान रोपाई बाहेक अरु बिकल्प नरहेको जनाउदै विरोध प्रदर्शन गरिएको जनमत पार्टीका नेता संजय कुमार मिश्रले बताएका छन ।भ्रष्टाचार र अनियमितता विरुद्ध आफुहरुले सधै अवाज उठाउदै आएका र आगामी दिनहरुमा पनि यसको विरुद्व बिरोध गरिरह्ने जनमत पार्टीका नेता संजय कुमार मिश्राले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.