हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित एक महिलालाई पक्राउ पक्राउ गरिएको छ।
सिरहाको धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निलामहतोलाई पक्राउ गरिएको छ ।
प्रहरीलाई विशेष सूचनाको आधारमा बिहीबार राति घरमा खानतलासी गर्ने कर्ममा साढे ६ किलो गाँजा र लागुऔषधी ६ सय स्पानो ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।
लागुऔषधी बरामद भएपछि निलादेवीलाई नियन्त्रणमालिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाकरिदिएका हुन् ।