हुलाकी न्यूज,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरी चन्हामा वडा कार्यालय उद्‌घाटन गरेको छ ।

बुधबार जनमत पार्टी जनकनन्दनी गाउँ पालिका ४ का वडा अध्यक्ष अभिनास पण्डितको अध्यक्षाता रहेको कार्यक्रममा पार्टीको गाउँ पालिका संयोजक दिनेश साहले रिवन काटेर वडा कार्यालय उद्‌घाटन गरेका हुन् ।

कार्यालय उद्‌घाटन समारोहमा जनमत पार्टी धनुषाका सहसचिव नविन पण्डितले सम्पूर्ण नेता कार्यकर्ताहरुले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।

जनमत पार्टीका वडा सचिव सर्जुग साह , सहसचिव राजेन्द्र महरा ,विद्यार्थी नेता बैजनाथ साह ,स्थानीय राम दयाल साह लगायत पार्टीका वडा कार्यसमितिका पदाधिकारीहरुको समेत सहभागितामा कार्यालय उद्‌घाटन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.