हुलाकी न्यूज,जनकपुरधाम : जेसिसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयको संज्ञा दिएको छ। कुशल, होनहार अभियन्ता र इमान्दार नेताको उद्योग जेसिसलाई मानिन्छ।
प्रत्येक वर्ष जेसिजमा नयाँ सदस्य आवेदन खुलाउने चलन रहेको छ । यसैगरी जनकपुर जेसिजमा पनि यस वर्षपनि असर २ गते देखि १६ गते सम्म सदस्यता आवेदन खुलाइएको थियो ।
विगत वर्षझैँ यसपटक पनि त्यही प्रक्रिया अन्तर्गत आवेदन खुलाइएको थियो भने तर यसपटक सिमित संख्यामा मात्र सदस्यता आवेदन स्विकारिएको छ । यसपटक जनकपुरमा जम्मा ३० जना सदस्यलाई मात्र जेसिजको सदस्य बनाइएको छ । र त्यो पनि आवेदनको प्राथमिकताको आधारमा मात्र सदस्य बनाइएको छ ।
खुला विश्व विद्यालय भनिने जेसिजले सेन्डिगेट लगाइ एक्लौटि राज्य बनाउने पक्छमा अधिराज्य भरिका जेसिज शाखाहरुमा कतै यो नियम नभएको सिमित युवालाई मात्रै सद्स्यता प्रदान गरिने। तर सोही नियम एकलौटी धाक र धान्ध्ली तरिकाले जनक्पुर जेसिजले यस वर्ष २०२१ को अध्यक्ष र निवर्तमान अध्यक्ष साथै केही अरु पक्छहरुले जवर्जस्ती युवा पिढीहरुको भविस्यका साथ खेलेको
स्थानीय युवाहरु आक्रोस पोखे सँगै आरोप लगाएका छन्।
जेसिस एउटा प्रख्यात अन्तर्राष्ट्रिय संस्था हो । जसको शाखा १५० देशभन्दा बेसिमा अवस्थित रहेको छ ।
नेपालमा मात्र १५६ वटा जेसिसको शाखा रहेको छ । जसबाट देशभर प्रत्येक वर्ष ठूलो संख्यामा गुणस्तरीय युवाहरु विभिन्न प्रतिभालिई बाहिरिने विगतदेखिको अभ्यास रहेको छ ।



