हुलाकी न्यूज, काठमाडौं : शहरी विकास मन्त्रालय अन्तरगतको नगर विकास कोषको सञ्चालक समितिमा सन्दिप कुमार मिश्र नियुक्त भएका छन्।
सर्लाही जिल्लाको रामगर गाउँपालिकाका मिश्र समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन्। विभिन्न संघ संस्थामार्फत समाजिक कार्यमा सक्रिय मिश्रलाई दुई वर्षका लागि नियुक्ती दिइएको हो।
नगर विकास कोषको सदस्यको पदभार ग्रहण गर्दै मिश्रले नगरहरुको विकासका लागि आफूले योगदान दिने प्रतिबद्धता व्यक्त गरे। कोषको लक्ष्य पुरा गर्न आफुले लाग्ने बताए।
शहरी विकास मन्त्रालय अन्तरगत रहेको कोषले ठूला तथा साना सहरको विकासलगायतको क्षेत्रमा काम गर्ने गरेको छ। नगर विकास कोष सञ्चालन समितिको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव हुने गरेका छन्।