
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुर–काठमाडौँ हवाई उडान सेवा भोलिदेखि संचालन हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लामो समयदेखि हवाई उडान सेवा बन्द गरेको थियो भने अहिले संक्रमण घटेपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरि उडान गर्ने निर्णय गरेको हो ।
बुद्ध एयरले असार १७ गते अर्थात बुधबारदेखि हवाई उडान गर्ने जनाएका हुन् ।सरकारले जारी गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गर्दै नियमित हवाई उडान सेवा संचालन हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले बताउनुभएको छ ।
उनका अुनसार जनकपुर–काठमाडौँ एटिआर ७२ को दैनिक तीनवट नियमित उडान सेवा सुरु हुनेछ भने जनकपुरबाट (पहिलो उडान विहान १०ः२० बजे र काठमाडौँबाट ०९ः ४० बजे) (दोस्रो जनकपुरबाट दिउँसे १२ : ५० र काठमडौँबाट १२ः१०) र (तेस्रो जनकपुरबाट बेलुकी ०५ : ५० र काठमाडौँबाट ०५ :१०) बजे नियमति उडान संचालन हुने स्टेशन म्यानेजर सिंहले जानकारी दिएका हुन्।



