हुलाकी न्यूज, जनकपुरधाम :क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ ।

ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।

ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।

बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.