हुलाकी न्यूज,जनकपुरधाम :  बितेको चौबिस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको जनाएको छ। नेपालमा हालसम्म ६ लाख ७० हजार ८ हजार ५७ जनामा कोरोना पुष्टि भएको छ भने आज देशभर रहेका कोरोना संक्रमितमध्ये ४ हजार ३४८ जना निको भएको बताएको छ।

योसँगै नेपालमा निको कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ९३ प्रतिशत किो भइसकेका छन्। हालसम्म नेपालमा ६ लाख ७० हजार ८५७ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.