हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को मुख्य बाली धान नै रहेको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् ।
बुधवार १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७८ राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयामा भएको कार्यक्रममा बोल्दै मन्त्री साहले धान नै प्रदेश २ सरकारका समृद्धि र विकास मुख्य आधार रहेको बताउनुभएको छ।
कार्यक्रममा मन्त्री साहले १० महिना को रेकर्ड अनुसार मुलुकमा बाहिरबाट ४४ अरब को चामल आयात भएको र त्यसलाई कसरी कम गर्ने सकिने त्यो उपाय अपनाइपर्ने बताए । यो आयातलाई प्रतिस्थापन गर्नको लागी तिनै तहका सरकारबाट प्रतिबद्धता आउनुपर्ने र एउटै सरकारले चाहे पनि सम्भव नहुने जानकारी गराए।
स्थानीय सरकारसँग भने बजेट बनाउँदा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिन आग्रह गरे। अहिले पनि प्रदेश २ बाट यो देशलाई २५ प्रतिशत कृषि उत्पादन दिइराखेका छन् ।
कार्यक्रममा अर्को तर्कमा मन्त्री साहले भने सङ्घीय सरकार ले सहयोग नगरेको कारण आत्मनिर्भर बन्नको लागी सिचाइ ,खाद्य र उन्नत जातको बीउ बढ मात्रामा नपाउनको कारण समस्या खेप्नुपरेको बताएका हुन् भने तर यो वर्ष देखी धेरै समस्यामा सुधार भइरहेको जानकारी गराए।
प्रदेश सरकारले किसानलाई विभिन्न कृषि यन्त्र मा ५० प्रतिशत देखि ८० प्रतिशत सम्म अनुदान दिएको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले धेरै छिटो किसानलाई धानको समर्थन मूल्य दिने पनि मन्त्री साहले बताए । प्रदेश २ मा २६.९ प्रतिशत धान उत्पादन भइरहेको डाटामा देखिएको छ।



