हुलाकी न्यूज,जनकपुरधाम : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।
 शहिदनगर नगरपालिकाको हठिपुर गाउँमा प्रदेश सांसद रामअशिष यादव प्रमुख आतिथ्य मा
१८ औं राष्ट्रिय धान दिवस मनाइएको छ।
यस धान दिवस अवसरमा प्रदेश सांसद यादवले कृषि प्रधान देश नेपालमा किसान समृद्धनभए सम्म प्रदेश र देश समृद्ध हुन नसक्ने कुरा बताउनुभएको छ भने उहाँले देश र प्रदेशको  आर्थिक समृद्धि र  विकासका लागि आधुनिक प्रविधि बाट एकिकृत कृषि प्रणालीमा जोड दिनु पर्ने कुरा ब्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयोजनमा ग्रामीण क्षेत्र हठिपुर गाउँ भएको धान रोपाई कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, परियोजनाका प्रमुख युगलकिशोर तिवारी, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, जसपा युवा नेता उमेश निराला, सफल कुर्षक वौएलाल मंडल सहित स्थानीय किसानहरु ले खेतमा धान रोपाई गरि धान दिवस मनाइएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.