हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ। बितेको चौबिस घण्टामा कुल ११ हजार ६४० जनाको कोरोना परीक्षण गरिएको थियो।
परीक्षण गरिएकामध्ये २०.९९ प्रतिशतमा संक्रमण देखिएको छ।



