हुलाकी न्यूज,जनकपुरधाम : पर्सा प्रहरीले बीरगन्जबाट भन्सार छलिका १७ लाख रुपैया बराबरको कम्प्युटर पार्टसहरु बरामद गरेको छ ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित सडकखण्डबाट गएराति प्रहरीले १७ लाख रुपैया बराबरको डेल कोर आई ५ सिपियु । सिगेटका हार्डडिस्क ७८ पिस बेवारिसे अवस्थामा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले सो स्थानमा चेकजाँच गरिरहँदा ५/७ जनाका समुहले भन्सार छलेर उक्त रकम बराबरका कम्प्युटर पार्टसहरु ल्याईरहेको र टोलीलाई देखेर उनीहरु समान छोडेर भागेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका कम्प्युटर पार्टसहरु आवश्यक कारावाहीका लागी बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरी जनाएको छ ।



