हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर २४ सय ७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा कुल १४ हजार ३५१ जनाको परीक्षण गरिएको जनाएको छ। परिक्षण गरिएकामध्ये १७.२५ प्रतिशतमा कोरोना पुष्टि भएको छ भने बितेको चौबिस घण्टामा देशभर ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन्।
योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ। नेपालमा रहेका कोरोना संक्रमितमध्ये ९१.३ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
नेपालमा हालसम्म संख्या ६ लाख ६१ हजार ८४१ जनामा कोरोना पुष्टि भएको छ।



