हुलाकी न्यूज,जनकपुरधाम :त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ । भौतिक उपस्थितिमा ३ र ४ वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने त्रिविले सूचना प्रकाशन गरी जानकारी गराएको हो ।
३ वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, ४ वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले ४ वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ।
४ वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने त्रिविले जनाएको छ ।




