हुलाकी न्यूज,जनकपुरधाम :धनुषामा अंश विवादका कारण छोराले बुवाको हत्या गरेको छ । धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै छोरा श्रीकृष्ण यादवले गरे हत्या गरेका हुन् ।
बुवा छोराबीच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले गएराति करिब १ बजेको समयमा मसाला कुट्ने खलको बिड प्रहार गरि बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका हुन् ।
बुवाको हत्या गर्ने श्रीकृष्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको बताइएको छ ।
मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मृतकका तीन छोरा छन् ।