हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित विरोधस्वरूप स्थानीयवासीले सडकमै धान रोपेका हुन् ।

वर्षाको महिना सुरु भएसँगै हिलोमए भई आवतजावतमा समस्या उत्पन्न भएपछि उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका छन् ।

सडक हिलोमए भएर आवागमनमा सास्ती हुँदासमेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोधस्वरूप हिलाम्य बाटोमै धान रोपिएको स्थानीयले बताएका छन् ।

‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं,’ स्थानीय खगेश्वर यादवले भनेका हुन् । सडक मर्मतका लागि वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई पटक पटक जानकारी गराउँदा समेत उनीहरुले कुनै सुनुवाइ नगरेको स्थानीय रामकुमार महतोको आरोप रहेको छ ।

करिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो  तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.