हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा गुडिरहेको टिपरमा आगलागी भइ जलेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा आगलागी भएको छ ।
उक्त टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै थियो भने गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालक हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले बताए।
समयमा आगो निभावन नसकिँदा टिपर पूर्ण रुपले जेलर नष्ट भएको छ ।बिच सडकमै जलेको टिपर हटाउन र घटना विषयमा अनुसन्धान गर्न प्रहरीको टोलि घटनास्थल पुगेका हुन्।



