हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा अवैध घरेलु मदिरा लोड गरिएको एक अटोसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएक छन् ।

जिल्लाको हरिहरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैध घरेलु मदिरा लोड गरिएको अवस्थामा एउटा अटो र ४ जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

प्रहरीले चेकजाँचको क्रममा जिल्लाको धारापानीबाट जनकपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रदेश २–०२–००१ स १०९७ नम्बरको अटोभरि घरेलु मदिरा लोड रहेको पाएपछि अटो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा धारापानी बस्ने अटो चालक बलिराम विश्वकर्मा र अवैध मदिरा कारोबारमा संलग्न बिना विश्वकर्मा, निल कुमारी लामा र चिनामाया छन् । त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको अटोबाट करिब ३ सय ५० लिटर अवैध मदिरा बरामद भएको छ ।

नियन्त्रणमा लिइएको अटोसहितको मदिरा र संलग्न कारोबारीलाई मदिरा नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइने इन्स्पेक्टर सुवेदीले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.