हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा थप ४६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरस सक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ।
नेपालमा हालसम्म ६ लाख ४९ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।