हुलाकी न्यूज,जनकपुरधाम :विभिन्न मांग राख्दै जनकपुरधाम उद्योग बाणिज्य संघले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको  छन्।

संघका अध्यक्ष जितेन्द्र महासेठ अगुवाईको टोलीले धनुषाको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सिमामा भन्सारमा हुने विभेद बन्द सहितको मांग अघि सारेका हुन ।

भ्याट-प्यान सहित ल्याउदै गरेको सरसमान प्रहरीले पक्रन नपाउने देखि कारण बस समानहरु पक्राउ गर्न परे कारण देखाएर संघका प्रतिनिधीहरुको रोहबरमा मुचुल्का उठाउनु पर्ने सम्मको मांग संघले गरेका हुन् ।

कसैले भुठा सुचना वा सुराकी गरेको ठहरिए त्यस्तालाई पनि कारवाही गर्नु पर्ने सहित छ सुत्रिय मांग राख्दै संघले ज्ञापन बुझाएको सचिव फुलदेव पण्डितले बताउनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.