हुलाकी न्यूज,जनकपुरधाम : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामको गंगासागर घाटमा पनि योग दिवस मनाईएको छ ।
पछिल्लो समय नेपालमा पनि योग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । राजनीतिज्ञदेखि कलाकारसम्म, खेलाडीदेखि सामान्य नागरिकसम्मले योगको नियमित अभ्यास गर्न थालेका छन् ।
जनकपुरधामको प्रसिद्ध एवम पवित्र सरोवर गंगासागरको आरती घाटमा पर्यावरण संरक्षणका अभियन्ताहरुले योग दिवस मनाएका हुन्
योग विश्व समुदायका लागि वैदिक सनातन दर्शन, संस्कृति र परम्पराको अपूर्व देन भएको तथा ‘योग गरौँ, शारीरिक र मानसिक रूपमा स्वस्थ रहौँ !!’ सांसद राम अशिष यादवले बताएका छन् ।