हुलाकी न्यूज, जनकपुरधाम : सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गर्ने चार युवक पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

सप्तरीको खडक नगरपालिका ५ का ३० वर्षीय बिनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र ३१ वर्षीय महेशकुमार पासवान सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको छ ।

उनीहरुलाई बिहीबार सप्तरी कारागार चलान गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका हुन् ।

गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराज तर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायतको हतियार प्रयोग गरी खडक नगरपालिका ५ का ५० वर्षीय रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटना लगतै चारजना पक्राउ परेका थिए । घटनामा संलग्न अन्य केहि व्यक्तिहरु फरार र उनीहरुको खोजविन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.