हुलाकी न्यूज, जनकपुरधाम : अफ्रिकाको बोत्स्वानामा विश्कै तेस्रो ठूलो हिरा भेटिएको छ।
बोत्स्वानाको हिरा फर्म देबस्वानाले बुधबार एकहजार ९८ क्यारेटको हिरा पत्ता लगाएको दाबी गरेको हो।
उसले उक्त हिरा विश्वकै तेस्रो ठूलो हिरा भएको दाबी गरेको छ।
उक्त हिरालाई बोत्स्वानको राष्ट्रपतिसमेतलाई देखाइएको छ। सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा रहेको छ, जुन तीनहजार १०६ क्यारेटको रहेको छ भने विश्वको दोस्रो ठूलो हिरा रुससँग छ।एजेन्सी