हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको एउटा सुनचाँदी पसलमा लुटेराहरूको समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् ।

सम्सी गाउँपालिका-१ स्थित पर्सा बजारस्थित राजीव ज्वेलर्स सुनचाँदी पसलमा गएराति १० जनाको संख्याको समूहले गोली चलाउँदै लुटपाट गरेका हुन्।

लुटपाटका क्रममा गोली चलाउँदा राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्य घाइते भएका छन्। गोली लागेर पसल सञ्चालक ५० वर्षीय वीरेन्द्र घाइते भएका छन् ।

उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ। उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा रिफर गरिएको छ।

त्यस्तै लुटेराहरूले रड प्रहार गरी साहकी श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कञ्चन कुमारी साह, १७ वर्षीय छोरा राजीव साहलाई घाइते बनाएका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

लुटेराहरूले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।

सम्सी गाउँपालिका-१ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा साह घरमै रहेको सुनचाँदी पसलमा लुटेराहरूले गोली प्रहारपछि लुटपाट गरेका थिए।

लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लुटेराहरू कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी घरभित्र रहेको नगद र गरगहना समेत लुटेर फरार भएको महोत्तरीका प्रहरी निरिक्षक रञ्जन मिश्रले बताएका हुन्।

प्रहरीका अनुसार  लुटेराले करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको चाँदी १७२ तोली (काँचो), करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्यको सुन ५ तोला (काँचो) लुटेका छन्।

त्यस्तै नगद २ लाख रुपैयाँ लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ । संचालक साहसहित परिवारका सदस्य घाइते रहेकाले लुटपाटको सबै विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.