हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीया बालिकालाई सोही ठाउँका ५० वर्षीय छिमेकी पुरुषले बलात्कार गरेको हो । बलात्कार गरेको आरोपमा बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए भने खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए । साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताउनु भएको छ ।
पक्राउ परेका मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।



