हुलाकी न्यूज,जनकपुरधाम : आगामी आर्थिक वर्ष २०७८/७९ प्रदेश २ सरकारले ल्याएको बजेटले उद्योग व्यवसाय क्षेत्रका मागलाई नसमेटिएको वीरगन्जका उद्यागी व्यवसायीहरुले गुनासो गरेका छन् ।

औद्योगिक क्षेत्रकका लागि एक हजार बिगाहा जमिनको व्यवस्था गरिदिन माग गरे पनि त्यो नसमेटिएको उनीहरुको गुनासो छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण संरक्षणका लागि मंगलबा प्रदेश २ सरकारले सार्वजनिक गरेको बजेटमा १ अर्ब ३७ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ ।

सडक, नाला, बिजुली लगायत पूर्वाधार बनाएर सहयोग गरिदिन गरेको माग पनि सरकारले बजेटमा उल्लेख नगरेको उद्योगी व्यवयायीहरुले बताए । बारा, पर्सा क्षेत्रमा देशकै सबैभन्दा बढी उद्योग कलकारखाना भए पनि औद्योगिक क्षेत्र घोषणा हुन सकेको छैन । उद्योगबाट निस्कने रसायनयुक्त पानीहरुको व्यवस्थापनका लागि ढल, प्रशोधन केन्द्रको अभाव छ ।

औद्योगिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मजदुरको उत्पादनका लागि पोलिटेक्निकल इन्स्टिच्युटहरु, कृषि बजारको माग यहाँका व्यवसायीहरुले राख्दै आएका छन् । तर प्रदेश सरकारले त्यतातिर ध्यान दिन नसकेको उनीहरुको गुनासो छ । कनिका छरेको जस्तो सबै क्षेत्रमा बजेट छर्ने कार्यलाई प्रदेश सरकारले निरन्तरता दिएको र बजेटमा उद्योगी व्यवसायीको मागलाई उपेक्षा गरेको उनीहरुको भनाइ छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अर्का उपाध्यक्ष माधव राजपालले नयाँ उद्योग लगाउने वातावरण निर्माणका लागि प्रदेश सरकारबाट भूमिका खोजिएको तर बजेटबाट सम्बोधन नभएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ विशेष आर्थिक क्षेत्र, अन्तर्राष्ट्रिय स्तरको तरकारी बजार, पोलिटेक्निकल इन्स्टिच्युट, सौर्य उर्जा जस्ता विषयमा प्रदेश सरकार गम्भीर हुन नसकेको बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.