हुलाकी न्यूज, जनकपुरधाम: विश्व रक्तदाता दिवसको अवसरमा जापानमा नेप्लिज ब्लड डोनर्स एसोसिएसन-जापान ( नेपाली रक्त दाता संघ जापान) को स्थापना गरिएको छ ।
भर्चुअल माध्यम जुमबाट गरिएको उद्घाटन समारोहमा विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीको प्रमुख आतिथ्यमा र संस्थापक राहुल साहको सभापतित्वमा समापन भएको थियो । कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति थिए ।
वर्ष २१-२२ को कार्यालयको लागि १५ जनाको समिति गठन गरिएको छ । जसअन्तर्गत संस्थापक अध्यक्ष राहुल कुमार साह , उपाध्यक्ष ज्ञानेन्द्र भट्ट र राम प्रसाद आचार्य चयन गरिएको छ ।
त्यसैगरि सचिव चक्र शाही, सहसचिव निमा होल्माया, कोषाध्यक्ष निरोज खड्गे शाही, सह कोषाध्यक्ष आशिष ढकाल सदस्यहरूमा अशोक श्रेष्ठ, सुसन कार्की, सुर्वर्ण तामाङ, सुवास गुरूङ चयन गरिएको छ ।
साथै संयोजकमा फुकुओकामा मनोज मण्डल,आएचिमा अजय राना र हयोगामा बाल कृष्ण सापकोटा हुनुभएको छ ।

साथै विशिष्ट सल्लाहकार अर्जुन प्रसाद मैनाली, र सल्लाहकारमा सन्जिब श्रेष्ठ, संगिता अधिकारी सुवेदी, लक्ष्मण ओझा रहनुभएको छ ।
रगतको अभाव विश्वभर नै भएको र जापानमा पनि नेपाली रक्तदातालाई सहजता प्रदान गर्न र प्रोत्साहन गरेर अभाव कम गर्ने हेतुले स्थापना गरिएको सस्थापक साहले जानकारी दिए । यसमा सम्पुर्ण नेपालीहरु माझ रक्तदान गर्न हार्दिक अपिल पनि गरे ।
राहुल साह नेपाल बसोबास गर्दा विभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिक कार्य गर्दै आएका थिए । उनले ब्लड फर नेपालमा उपाध्यक्ष भइ कार्य गरिसकेका छन् । एक ठाउँमा सिकेकाे अर्काे ठाउँमा सदुपयोग गर्न खपिस छ र समाजका लागि हरदम सहयाेग गर्न तम्तयार हुन्छ ।
रक्तदातालाइ देश, भाषा, जात धर्म जस्ता कुराले छेकिनु हुदैन भन्ने यस संस्थाको मान्यता रहेको हुँदा निस्वार्थ भावले मानव कल्याणमा जोड दिनेछौ ।



